onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुरुष फुटबलमा भुटानको विजयी सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ ।

सागमा पहिलो जित हासिल गर्ने क्रममा भुटानले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

दशरथ रंगशालामा भएको खेलमा भुटानले खेलको ६५ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक हुन पुग्यो ।

भुटानका लागि कप्तान चेंको एल्सेनले गरेको उक्त गोल अन्तत टिमलाई जित हासिल गर्ने पर्याप्त बन्यो ।

यस्तै सागमा आजनै दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्सको सामना गर्दैछ भने आयोजक नेपालले पहिलो खेल भोलि ( मंगलबार) भुटानसँग खेल्नेछ । खेल दिउँसो १ बजेपछि हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *