onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुरुष फुटबल आजदेखि : पहिलो दिन दुई खेल हुँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलका खेलहरु आजबाट सुरु हुँदैछ ।

जसमा पहिलो खेल भुटान र बंगलादेशबीचको रहेको छ । दशरथ रंगशालामा हुने दिउँसो १ बजेपछी हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने छ्न । यो खेल साझ ५ बजेपछी सुरु हुनेछ ।

यता आयोजक नेपालको पहिलो खेल भोली(मंगलबार) भुटानसँग रहेको छ । खेल दिउँसो १ बजेपछी सुरु हुनेछ ।

कुल ५ टिमको मात्र सहभागिता रहेको पुरुष फुटबलको फाइनल खेल आउँदो मंसिर २४ गतेका दिन हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *