साविकको विजेता पोर्चुगल युरोकपको कठिन समूहमा
एजेन्सी – अर्को वर्ष आयोजना हुन लागेको युरोकपमा साविकको विजेता पोर्चुगल कठिन समूहमा परेको छ ।
शनिबार भएको समूह विभाजनमा पोर्चुगल समूह`एफ ´ मा रहेको छ जहाँ बलिया टिम फ्रान्स र जर्मनी रहेका छ्न भने एक टिम प्ले अफबाट आउँन बाकी रहेको छ ।
यस्तै समूह`ए´ मा ट्रकी , ईटाली , वेल्स र स्वजरल्याण्ड रहेको छ ।भने समूह`बि´ मा डेनमार्क , फिनल्याण्ड , बेल्जियम र रसिया रहेका छ्न ।
यता समूह`सि´ मा नेदरल्याण्ड, युक्रेन , अष्ट्रिया र एक टिम प्ले अफबाट आउने टिम रहने छ ।
भने समूह ‘डी’ मा ईङल्याण्ड , क्रोएसिया, चेक रिपब्लिक र एउटा प्ले अफ छनोटबाट आउने टिम रहने छ ।
त्यस्तै समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने एक टिम रहने छ ।
आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने युरोकपमा युरोपका २४ टिमको सहभागिता रहने छ ।