एपीएफले उचाल्यो चन्द्रागिरी गोल्डकपको उपाधि
काठमाडौं ( अनलाइन खेलखबर ) । तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको उपाधि विभागीय क्लब एपीएफले उचालेको छ ।
शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई ट्राईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।
जसमा टाइब्रेकरमा एपीएफले पुलिसमाथि बाजी मार्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।
जितसँगै एपीएफले नगद ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।