onlinekhelkhabar.com

Complete website for Nepali Sports News

साग फुटबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग भिड्ने

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालमा हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) को पुरुष फुटबलको खेल तालिका सार्वजनीक गरिएको छ ।

घरेलु मैदान दशरथ रंगशालामा हुने पुरुष फुटबलको शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल तालिका सार्वजनिक तालिका सार्वजनिक गरिएको थियो ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह ` ए ´ मा रहेको छ । समूहमा नेपालसँगै बंगलादेश र भुटान रहेका छ्न ।

भने अर्को समूह `बि ´ मा भारत, श्रीलंका र माल्दिभ्स रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल आउँदो मंसिर १५ गते बंगलादेशसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा नेपालले १९ गते भुटानसँग प्रतोष्पर्दा गर्नेछ ।

त्यसपछि समूहका विजेता र उप – विजेता टिम सेमिफाइनल पुग्नेछन । सेमिफाइनल खेल आउँदो २२ गते हुनेछ भने तेस्रो स्थान र फाइनल खेल २४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्