साग महिला फुटबलको खेल तालिका सार्वजनिक
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालमा हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) को महिला फुटबलको खेल तालिका सार्वजनीक गरिएको छ ।
घरेलु मैदान पोखरा रंगशालामा हुने महिला फुटबलको शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल तालिका सार्वजनिक तालिका सार्वजनिक गरिएको थियो ।
सार्वजनिक खेल तालिका अनुसार नेपालको पहिलो खेल आउँदो १७ गते श्रीलंकाबिरुद्द रहेको छ । यस्तै दोस्रो खेल १९ गते माल्दिभ्ससँग र २१ भारतको सँग रहेको छ ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछन । सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् ।
जसमा आयोजक नेपालसहित श्रीलंका , माल्दिभ्स र भारत रहेका छ्न । बाकी भुटान , पाकिस्तान र बंगलादेशले अन्तिम समयमा आएर नखेल्ने बताएपछि यसपटकको सागमा मात्र ४ टिमको सहभागिता रहने भएको हो ।