onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा रंगशालामा प्यारापिट धमाधम जोडिँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गतको महिला फुटबल नेपालको पर्यटकीय शहर पोखरामा हुँदैछ ।

फोटो लक्षमन योगिको सामाजिक सन्जालबाट

महिला फुटबल हुने पोखरा रंगशालाको बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम भईरहेको पाईएको छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड दुई दिनअघि पोखरा आइपुगेको हो ।

मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ ।

निर्माण जिम्मा पाएको कम्पनीका अनुसार ५ दिन भित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिएका प्राप्त भएको छ ।

आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको छ र ५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ ।’

खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझ पोखरा आईपुगेको छ ।

मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको छ जसका लागी अबको केहि दिनभित्र ट्रयाक बनिसक्ने भनिएको छ ।

‘रंगशालाको अहिले ९० प्रतिशत काम पूरा भइसकेको निर्माण पक्षको दाबी रहेको छ ।

मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) काठमाडौंसहित पोखरा र जनकपुरमा हुनेछ ।

पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । पोखरामा हुने खेलमा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन रहेका छन् ।

अहिले सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *