onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसियायी मुलुकमाथि ब्राजिलको प्रभावशाली जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले एसियायी मुलुक दक्षिण कोरियामाथि प्रभावशाली जित हासिल गरेको छ ।

मंगलबार युएईस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलमा ब्राजिलले कोरियालाई पराजित गर्ने क्रममा ३-० ले पराजित गर्न सफल भयो ।

एकतर्फी बनेको खेलमा ब्राजिलका लागी लुकास पैक्वेटा,फिलिप कॉटिन्हो र डेनिलोले गोल गरेका थिए ।

खेलमा ब्राजिलले कोरियामाथि खेलको ९ औं मिनेटमै अग्रता लिएको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा पहिलो गोल लुकासले गरेका थिए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा फिलिप कॉटिन्होले दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफसम्म २-० को अग्रता दिलाए ।

त्यसपछि ब्राजिलले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ६० औं मिनेटमा ब्राजिलका डेनिलोले गोल गरेपछी बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल ब्राजिलले आफ्नो पक्षमा ३-० को गोल अन्तरले पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्