onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रतिष्पर्दात्मक बनेको खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल र कुवेतसँग १- ० को गोल अन्तरले पराजित हुन पुगेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको प्रतिष्पर्दात्मक बनेको खेलमा नेपालले पहिलो हाफमा खाएको एक मात्र गोल अन्तत निर्णायक बन्न पुग्यो ।

खेलको २८ औं मिनेटमा कुवेतका कप्तान बदर अल मतवाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि बाकी समयमा नेपालले खेलमा फर्किन धेरै प्रयास गरेको भएपनी सफल हुन भने सकेन ।

छ्नोटको दौरान यसअघि नेपाल कुवेतसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो । यता योसँगै ५ खेल खेलेको नेपाल ३ अंकमात्र जोडन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्