के मेस्सी यो अन्तिम विश्वकपमा उपाधि हात पार्लान त ??

के मेस्सी यो अन्तिम विश्वकपमा उपाधि हात पार्लान त ??

डा. हुस्नेद आजाद , अनलाईन खेलखबर || भनिन्छ अर्जेन्टिना का सुपरस्टार फुटबलर लियोनल मेस्सी अहिले सम्मकै उत्कृष्ट , राम्रो खेलाडी मध्य का एक मानिन्छन | यो भनाइ ठुला ठुला महान हस्ती फुटबल खेलाडी तथा प्रशिक्षक को भनाई हो | अहिलेको फुटबलमा रोनाल्डो र मेसीको निकै चर्चा छ , रोनाल्डो एक राम्रा खेलाडी हून तर ठुला ठुला महान खेलाडीहरु पेले र म्यारोडोना ले मेस्सी नै क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृस्ट मान्छ्न ।

जुन अर्थमा रोनाल्डो माथी मेसि हाबी नै छ्न । यी दुई खेलाडी ले अन्तरास्ट्रिय उपाधि देशको लागि चुम्न धेरै मेहनत गरे र रोनाल्डो ले सन २०१६ मा भएको यूरोकप जितेर उनले यस अन्तरास्ट्रिय उपाधि चुमी सकेका छन यस अर्थ मा उनिकेही हद सम्म अहिले ढुक्क को साथ विश्वकप खेल्दै छन र सम्भंवत यो उनको पनि रसिया बिश्वकप अन्तिम नै हुनसक्छ ।

त्यसै गरि मेस्सी लाई पनि यो ठुलो महत्व राखेको अन्तरास्ट्रिय उपाधि चुम्ने अन्तिम मौका हुनेछ | रोनाल्डो २०१८/१९ को फिफा बेलोन डि ओर अर्थात बर्ष खेलाडी पाउन सक्ने मुख्य दाबेदार पनि हुन किनकि उनले यो बर्ष आफ्नो क्लब रियल म्याडृड लाई च्याम्पियन लिग दिलाउन सफल भएका छन| रोनाल्डो र मेस्सी को करिव १० बर्ष देखि फिफा बर्ष खेलाडी को उपाधिको लागि टक्कर परेको छ र उनीहरुको राम्रो खेलको कारण अरु राम्रा खेलाडी हरु ओझेल मा परेका छन |

भनिन्छ मेस्सी जस्तो खेलाडीलाइ विश्वकप होइन, विश्वकप ले मेस्सी चाहन्छ । यो भनाइ पनि ठुला ठुला खेलाडीहरु को र प्रशिक्षक हरु कै हो । मेस्सि ले अर्जेन्टिना बाट खेल्दा अन्डर -१९ विश्वकप र ओलम्पिक गोल्ड मेडल उनले जिताई सकेका छन | धेरैलाई यो कुरा याद नहुन सक्छ मेस्सी को पनि अन्तरास्ट्रिय उपाधि छ । तर यो यथार्थ हो मेसीको २ वटा मात्र अन्तरास्ट्रिय उपाधि छ |

त्यहि पनि फुटबल क्षेत्रका महान हस्ती हरु ले समेत भन्ने गरेका छ्न । लियोनल मेस्सी जस्तो खेलाडी लाई विश्वकप चाहिन्छ त्यसका लागि उनि हकदार पनि छ्न । हुनत सन २०१४ मा ब्राजिल मा भएको विश्वकप मा अर्जेन्टिना लियोनल मेस्सी को कप्तानी मा फाईनल सम्म को यात्रा तय गरेको थियो । फाइनलमा जर्मनी संग १-० ले चुकेपछी मेस्सी को बिश्वकप ट्रफी उचाल्ने सपना पूरा हुन सकेको थिएन । खेल को अतिरिक्त समय मा अजेन्टिना पराजित हुन पुगेको थियो । यस्तै लियोनल मेस्सी सहितको अर्जेन्टिना ले कोपा अमेरिका को फाइनल अहिले सम्म तिन पटक हारेको छ | यसरी ४ अन्तरास्ट्रिय फाइनल हार्न पुगेको मेस्सी र अर्जेन्टिना का लागि ठुलो पिडाबोध गराउने गर्छ ।

वास्तबमा एक महान खेलाडी र उसको देश ले यस्तो हार फाइनल मा पाउनु एक पिडादायक नै हुन्छ । २०१८ को विश्व कपमा अर्जेन्टिना निकै कठिन को साथ छनौट भएको थियो । त्यसमा पनि मेस्सी को ठूलो हात रहयो आफ्नो टिमलाई रसिया बिश्वकप सम्म पुर्याउन उनले निकै महत्त्वपूर्ण खेल गर या मर को स्थिति मा रहेको खेलमा सानदार ह्याट्रिक गरेर अर्जेन्टिनालाई २०१८ विश्व कप को लागि रसिया को टिकट सुनिश्चित गरेका थिए ।

अहिले अर्जेन्टिना को टिम त्यति बलियो शक्तिशालि मानिएको भने छैन तर अर्जेन्टिना को टिम मा स्टार खेलाडी ले भरिए पनि खेलाडी को खेलको तालमेल मिलाउने काम प्रशिक्षक ले गर्दैछन ।

अहिले स्पेन ,ब्राजिल , फ्रान्स, जर्मनी, बेल्जियम जस्तो टिम लाई रोक्न अर्जेन्टिना लाई धेरै कठिन हुनेछ | आशा गरौ मेस्सी को लय र अर्जेन्टिना टिम को पुरानो लय विश्वकपमा झल्किने छ र अन्तमा : यो विश्वकप मेस्सी र अर्जेन्टिनाको का लागि सुखमय होस भन्ने म एक अर्जेन्टिना को समर्थक को हिसाबमा आशा राख्दछु |

लेखक ,लामो समय देखि र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल लाई नजिक बाट नियाल्दै आउनु भएको छ ।। उहाँ लाई सबैभन्दा मनपर्ने टिम अर्जेन्टिना र खेलाडी लियोनल मेस्सी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *