विश्वकप छ्नोट : नेपाल आज कुवेतसँग भिड्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत आज (मंगलबार) नेपाल र कुवेतबीचको खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार पौने ३ बजेपछी भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुँदैछ ।
खेलको तालिका अनुसार यो खेल घरेलु मैदानमा हुनु पर्ने भएतापनि नेपालको एकमात्र रंगशाला दशरथ रंगशालाको पुननिर्माणको काम चलिरहेको र त्यो निधारित समयमा नसकिएपछी नेपालले यो खेल भुटानमा आयोजना गर्न बाध्य भयो ।
`होम एन्ड अवे’ पद्धतिमा जारी छनोट प्रतियोगितामा नेपालले सबै ‘अवे’ खेल खेलिसकेको छ ।
अवेमा अन्तर्गत नेपाल पहिलो खेलमा कुवेतसँगनै ७-० ले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गर्न सफल भयो ।
त्यसपछि नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० र चौथो खेलमा जोर्डनसँग ३-० ले पराजित हुन पुगेको थियो ।
यसअघि छ्नोट खेलमा नेपाल कुबेतसँग उसैको मैदानमा अपत्यारिलो हार ब्यहोरेको हुँदा आज हुने खेलमा नेपाललाई थप चुनौती रहेको त्यो फराकिलो हारलाई कसरी भुलाउन सकिन्छ भनेर र त्यो हारको बदला समेत नेपाल लिन चाहन्छ ।
लगभग हाम्रो स्तरको भएपनि पछिल्लो समय राम्रो गर्दै आएको कुवेतलाई नेपालले हराउन भने क्षमता राख्छ र नेपाल आज स्पष्ट जितको खोजिमा रहने छ ।
यता छ्नोट खेलमा अहिलेसम्म ४ खेलको समाप्तिमा १२ अंकसहित अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ । कुवेत र जोर्डन समान ७ अंकसाथ दोस्रो तथा तेस्रो स्थानमा रहेका छ्न भने नेपाल ३ अंकका साथ चौथो स्थानमा रहँदा अंकविहीन चाइनिज ताइपे अंकतालिकाको अन्तिममा रहेको छ ।
यो खेललाई एनटिभी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
छ्नोट खेल अन्तर्गत यसअघिका खेलहरु पनि प्रत्यक्ष प्रशारण गरेको एनटिभी प्लसले सोहिलाई निरन्तरता दिदै यो खेललाई पनि प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।