onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल र कुवेतबीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत मंगलबार हुन गईरहेको नेपाल र कुवेतबीचको खेललाई एनटिभी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

छ्नोट खेल अन्तर्गत यसअघिका खेलहरु पनि प्रत्यक्ष प्रशारण गरेको एनटिभी प्लसले सोहिलाई निरन्तरता दिदै यो खेललाई पनि प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।

खेलको तालिका अनुसार यो खेल घरेलु मैदानमा हुनु पर्ने भएतापनि नेपालको एकमात्र रंगशाला दशरथ रंगशालाको पुननिर्माणको काम चलिरहेको र त्यो निधारित समयमा नसकिएपछी नेपालले यो खेल भुटानमा आयोजना गर्न बाध्य भयो ।

र खेल मंगलबार नेपाली समय अनुसार पौने ३ बजेपछी भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुँदैछ ।

`होम एन्ड अवे’ पद्धतिमा जारी छनोट प्रतियोगितामा नेपालले सबै ‘अवे’ खेल खेलिसकेको छ ।

अवेमा नेपाल कुबेत , जोर्डन र अष्ट्रेलियासँग पराजित भएको भएपनि चाईनिज ताईपेलाई भने नेपालले २-० ले पराजित गरेको थियो ।

यसअघि छ्नोट खेलमा नेपाल कुबेतसँग उसैको मैदानमा ७-० को अपत्यारिलो हार ब्यहोरेको थियो ।

यता छ्नोट खेलमा अहिलेसम्म ४ खेलको समाप्तिमा १२ अंकसहित अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ । कुवेत र जोर्डन समान ७ अंकसाथ दोस्रो तथा तेस्रो स्थानमा रहेका छ्न भने नेपाल ३ अंकका साथ चौथो स्थानमा रहँदा अंकविहीन चाइनिज ताइपे अंकतालिकाको अन्तिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्