onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोर्चुगल युरोकपमा छ्नोट

एजेन्सी -अर्को वर्ष आयोजना हुने युरोकपमा पोर्चुगलले पनि स्थान पक्का गरेको छ ।

आईतबार लक्ज़मबर्गको घरेलु मैदानमा भएको निर्णायक खेलमा पोर्चुगलले घरेलु टोली लक्ज़मबर्गलाई निराश बनाउने क्रममा २-० को गोल अन्तरले पराजित गर्न सफल भयो ।

जुन जितले गर्दा पोर्चुगलले युरोकपको टिकट पक्का गर्यो । समूह`बि´ मा रहेको पोर्चुगल समूहको उप -विजेताको हैसियतबाट युरोकपमा स्थान बनाएको हो ।

पोर्चुगलले ८ खेलबाट ५ खेलमा जित , २ मा बराबरी र १ मा बराबरीमा ब्यहोर्दै १७ अंक सहित अंकतालिकामा दोस्रो स्थानमा रहयो ।

यता निकै महत्वपूर्ण खेलमा पोर्चुगलले लक्ज़मबर्गलाई पराजित गर्ने क्रममा खेलको ३९ औं मिनेटमा ब्रूनो फर्नांडीसले गोल गर्दै अग्रता दिलाएका थिए त्यसपछि खेलको ८६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछी पोर्चुगलले सहज जित निकाल्दै युरोकपमा छ्नोट हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्