रोनाल्डोले ह्याट्रिक गरेपछी पोर्चुगललको लिथुनियामाथि शानदार जित

रोनाल्डोले ह्याट्रिक गरेपछी पोर्चुगललको लिथुनियामाथि शानदार जित

एजेन्सी – स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोलको मद्दतमा पोर्चुगलले युरोकप छनोटमा लिथुनियामाथि शानदार जित हासिल गरेको छ ।

गएराती पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लिथुनियालाई ६-० को गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

एकतर्फी बनेको खेलमा पोर्चुगलले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता बनाएको थियो ।

टिमले पेनाल्टी पाएपछी रोनाल्डोले सहि सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि उनलेनै आफ्नो ब्यक्तिगत दोस्रो र टिमका लागी पनि दोस्रो गोल खेलको २२ औं मिनेटमा गरे ।

पहिलो हाफमा २-० ले अग्रता बनाएको पोर्चुगल दोस्रो हाफमा अझ आक्रमक शैलिमा प्रस्तुत थप ४ गोल थप्यो ।

दोस्रो हाफमा खेलको ५२ औं मिनेटमा पिज्जीले टिमका लागी तेस्रो गोल गरे ।

उनले गोल गरेको ४ मिनेटपछि पोर्चुगलका गोंकोलो पैसिओनेशियाले अर्को गोल गरे भने ६३ औं मिनेटमा टिमका लागी बर्नार्डो सिल्वाले पाँचौं गोल गर्दा खेलका एकमात्र नायक क्रिस्टियानो रोनाल्डोले ६५ औं मिनेटमा ह्याट्रिक गोल पुरा गरेपछी खेलमा पोर्चुगलले शानदार जित निकाल्यो ।

योसँगै छ्नोट खेलमा समूह `बि´ मा रहेको पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूहको दोस्रो स्थानमा छ । जसलाई सर्वियाले १३ अंक सहित पछ्याईरहेको छ । यता पराजित लिथुनिया ४ अंक सहित अंकतालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *