
नेपाल र कुबेतबीचको खेल भुटानमै हुने पक्का
काठमाडौं ( अनलाइन खेलखबर ) | फिफा विश्वकप र एसियन कप छ्नोट अन्तर्गतको नेपाल र कुबेतबीचको खेल नेपालको प्रस्तावमा रहेको भुटानको चाङलिमिथाङ रंगशालामानै हुने पक्का भएको छ ।
आज अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले जारी गरेको प्रेश बिज्ञप्ति अनुसार नेपालको प्रस्तावलाई एसियाली फुटबल महासंघ( एएफसी ) ले स्वीकृत गरेपछी खेल भुटानमा हुने पक्का भएको हो ।
दशरथ रंगशाला हुने तय भएको यो छ्नोट खेल निर्माणधिन दशरथ रंगशाला अहिलेसम्म अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार नभएको भन्दै एसियाली फुटबल महासंघ( एएफसी ) ले दशरथ रंगशालालाई अयोग्य ठाने पछी खेल अन्यत्र सार्न एएफसीले नेपाललाई आग्रह गरेको थियो ।
बीचमा कुबेतले भिषा , यातायात लगायतका बाहना गर्दै भुटानमा खेल्न नसिकिने लबिङ गरेको भएपनी कुबेतको त्यो रणनीति सफल हुन सकेन र अन्ततः खेल नेपालले रोजेको मैदानमा हुने भएको छ ।