onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सेल्टामाथि शानदार जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेसँगै बार्सिलोना अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ ।

शनिबार राती भएको खेलमा सेल्टा भिगोमाथि जित निकाल्ने क्रममा टिमका मुख्य खेलाडी मेस्सीले ह्याट्रिक गोल गरेका थिए ।

बार्सिलोनाको घरेलु मैदानमा क्याप नेउमा भएको खेलमा बार्सिलोनाले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो ।

टिमलाई अग्रता दिलाउने क्रममा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४२ औं मिनेटमा सेल्टा भिगोले बराबरी गोल फर्कायो ।

टिमलाई बराबरीमा ल्याउन लुकास ओलाजाले गोल गरेका थिए । तर सेल्टाको बराबरी धेरै बेरसम्म टिक्न सकेन पहिलो हाफको अन्त्यतिर मेस्सीले फ्रिकिकमार्फत गोल गरेपछी पहिलो हाफ भित्र बार्सीलोनाले अग्रता २-१ ले बनायो ।

पहिलो हाफ २-१ ले सकिएको खेलमा बार्सिलोनाले थप दुई गोल गरेपछी टिमले सेल्टामाथि सहज जित हासिल गरेको हो ।

दोस्रो हाफमा खेलको ४८ औं मिनेटमा मेस्सीले ह्याट्रिक गोल गर्ने क्रममा फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए । र ८५ औं मिनेटमा बार्सिलोनाका लागि सर्जियो बुस्केट्सले चौथो गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट ८ खेलमा जित , १ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोर्दै अहिले २५ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने सेल्टा १८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्