कुबेत भन्छ ` हामी नेपालसँग भुटानमा खेल्दैनौं ´

कुबेत भन्छ ` हामी नेपालसँग भुटानमा खेल्दैनौं ´

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र दशरथ रंगशालामा तय भएको फिफा विश्वकप तथा एसियन कप छ्नोट अन्तर्गत नेपाल र कुबेतबीच हुने भनिएको खेल रंगशाला खेल्न लायक नभएको भन्दै एएफसीले दशरथ रंगशालामा खेलाउन नसकिने बताउदै गर्दा फेरि अर्को कुरा बाहिर आएको छ ।

रंगशालालाई अयोग्य ठानेपछि नेपालले न्युट्रल भेन्युका रुपमा भुटानमा खेल्न एएफसीलाई प्रस्ताब गरेको अबस्थामा अहिले कुबेतले भुटानमा खेल्नका लागि ईक्छुक नभएको भन्दै एएफसीलाई लभिङ गरिरहेको छ ।

अन्तत : दशरथ रंगशालामा नहुने भएपछी मौसमका हिसाबले नेपाललाई साथ दिने भुटानलाई रोजेको थियो ।

चिसो मौसममा नेपालको जस्तो भुटानबाट मौसमले साथ दिने नेपालले बिश्वास गर्दै गर्दा कुबेतले यो कुरालाई मध्यनजरमा राख्दै भुटानमा नखेल्ने बताएको हो ।

कुबेत न्युट्रल भेन्युका रुपमा कतार लगायतका खाडी मुलुकमा होस भन्ने चाहिरहेको बुझिएको छ , जसका लागि कुबेतले यात्रा र भिषा समस्यालाई बाहना बनाईरहेको छ ।

तर यस्तोमा अब एएफसीले कस्तो निर्णय गर्नेछ त्यो हेर्न बाकी रहेको छ ।

तर हामी आफै जानीजानी चुक्दा नेपाललाई आर्थिक घाटा मात्र भएन अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई यस कुराले लज्जाबोध बनाएको छ ।

कामको ढिलासुस्तीले गर्दा खेल्नका लागि एउटा योग्य रंगशाला भएन र यसैको फाईदा अहिले बिपक्षीले उठाउन खोजिरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *