नेपाल र कुबेतबीचको खेल दशरथ  रंगशालामा नहुने

नेपाल र कुबेतबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं ( अनलाइन खेलखबर ) | दशरथ रंगशाला हुने तय भएको नेपाल र कुबेतबीचको फिफा विश्वकप छनोट अन्तर्गतको खेल अन्तत नहुने भएको छ ।

आज अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले जारी गरेको प्रेश बिज्ञप्ति अनुसार निर्माणधिन दशरथ रंगशाला अहिलेसम्म अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार नभएको भन्दै एसियाली फुटबल महासंघ( एएफसी ) ले दशरथ रंगशालालाई अयोग्य ठाने पछी अन्तत खेल नहुने भएको हो ।

आउँदो मंसिर ३ गते हुने खेल अब भुटानमा हुने सम्भावना बढेर गएको छ । यदि नेपालको प्रस्ताबलाई फिफा र एएफसीले स्वीकृत गरेमा खेल भुटानस्थित चाङलिमिथाङ रंगशालामा हुनेछ ।

२०७२ सालको महाभूकम्पले क्षति ग्रस्त भएपछी दशरथ रंगशालालाई अहिले पहिलेको अबस्थामा ल्याएर खेल संचालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषद ( राखेप ) र एन्फाले काम गरिरहेको भएपनि यो खेलका लागि सम्भव हुन् भने सकेन र यहि रंगशालामा आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को मुख्य स्थल भएको हुँदा अहिले काम भने चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *