एएफसी यु –१९ च्याम्पियनसिपमा नेपालको खराब सुरुवात : युएईसँग फराकिलो हार
काठमाडौं ( अनलाइन खेलखबर ) । ईरानमा जारी एएफसी यु –१९ च्याम्पियनसिप छनोटमा नेपालले खराव सुरुवात गरेको छ ।
खराब सुरुवात गर्ने क्रममा नेपालले आज छ्नोटको पहिलो खेलमा युएईसँग ४-० गोल अन्तरले पराजित हुन पुगेको छ ।
बुधबार ईरानस्थित पीएएस खेल मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा थप २ गोल खाएको थियो
छ्नोट प्रतियोगिता अन्तर्गत समूह `डी´मा रहेको नेपालले अब दोस्रो खेलमा आउँदो शुक्रबार आयोजक ईरानसँग प्रतिष्पर्दा गर्नेछ ।