बार्सिलोनाको निराशाजनक प्रदर्शन : स्लाभियासँग बराबरीमा रोकियो
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना स्लाभिया प्रागसँग बराबरी खेलेको छ ।
मंगलबार बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र स्लाभियाको खेल गोलरहित बराबरीमा रोकिएपछी दुबै टिम १/१ अंकमा चित्त बुझाउन बाध्य भए ।
बार्सिलोनाको हिसाबबाट भन्ने हो भने यो स्तरको टिम बार्सिलोनाको गएरातीको खेल निकै निराशाजनक मान्नुपर्छ ।
तर खेलमा बार्सिलिनाले बारम्बार गोल गर्ने प्रयास गरेको भएतापनि स्लाभियाको बलियो डिफेन्समाथि बार्सिलोनाको केही सीप चलेन र अन्तत : खेल गोलरहित बराबरीमा सकियो ।
यो बराबरीसँगै पनि समूह `एफ´मा रहेको बार्सिलोना ४ खेलबाट २ मा जित र २ मा बराबरीसँगै ६ अंकका साथ समूहको पहिलो स्थानमा रहेको छ । भने स्लाभिया पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्