onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली फुटबल टिम म्यानमार प्रस्थान

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियाली मुलुक कतारमा हुन गईरहको फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कप छ्नोट खेलिरहेको नेपाली फुटबल टिम आसन्न कुबेतबिरुद्द अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आईतबार म्यानमार प्रस्थान गरेको छ ।

कार्तिक २१ गतेहुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलि आज त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा ) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाई गरेका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।

यस म्यानमारबिरुद्द अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई नेपालले छ्नोट खेलमा थप सहयोग पुर्याउने लक्ष्य राख्दै टिम म्यानमार लागेको हो ।

छ्नोट खेल अन्तर्गत कुबेतसँगको खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुँदैछ् ।

प्रतिक्रिया दिनुहोस्