onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लेभान्टेसँग बार्सिलोना स्थब्ध

एजेन्सी – स्पेनिस लिग ला लिगामा साविकको विजेता बार्सिलोना लेभान्टेसँग पराजित हुन पुगेको छ ।

शनिबार लेभान्टेको घरेलु मैदानमा भएको खेलमा अग्रता बनाएको भएतापनि लेभान्टेले शानदार पुनरागमन गर्दै खेललाई ३-१ गोल अन्तरले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा बार्साका लागि अग्रता दिलाउँने क्रममा लियोनेल मेस्सीले पेनाल्टीमार्फत खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर पहिलो हाफमा १-० ले पछि परेको अबस्थामा पनि बलियो बार्सिलोनामाथि प्रभावशाली प्रदर्शन गर्ने क्रममा लेभान्टेले खेलको ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । टिमका लागि बराबरी गोल जोसे कैम्पाले गरेका थिए

त्यसपछि लेभान्टे त्यतीमा रोकिएन खेलको ६३ औं मिनेटमा बोर्जा मेयरले गोल गर्दै टिमलाई अग्रता दिलाए भने नेमान्जा राडोजाले खेलको ६८ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेपछी बार्सिलोनामाथि लेभान्टेले शानदार जित हासिल गरेको थियो ।

यो जितसँगै लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ । लेभान्टेले १२ खेलबाट १७ अंक जोडेको छ । भने पराजित बार्सिलोना अहिले पनि शिर्षस्थानमा रहेको छ ।

बार्सिलोनाले ११ खेलबाट ७ खेलमा जित हासिल गर्दा १ खेल बराबरी र ३ खेलमा हार ब्यहोर्दै २२ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *