चम्किदै दशरथ रंगशाला
काठमाडौं ( अनलाइन खेलखबर ) | २०७२ सालमा गएको बिनाशकारी महा-भुकम्पले क्षति पुर्याएको नेपालको एकमात्र रंगशाला दशरथ रंगशाला अहिले पुरानो स्थितीमा फर्किने क्रमको अन्तिम चरणमा पुगेको छ ।
करिब चारबर्ष फुटबल खेलबाट टाढा रहेको यस रंगशालाले चाडैंनै अन्तर्राष्ट्रिय खेललाई स्वागत गर्दैछ ।
भिडियो
सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोटको खेल अन्तर्गत आउँदो मंसिर ३ गते नेपालले कुबेतको सामना दशरथ रंगशालामा गर्दैछ ।
यो खेलपछि यहि रंगशालाले मंसिर १५ गतेबाट नेपालमा हुन गईरहेको १३ औं सस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) को मुख्य केन्द यहि रंगशाला भएको हुँदा अहिले कामले तिब्रता पाएको छ ।
जसका लागि अहिले प्याराफिटतर्फ सिट राख्ने काम र मैदानलाई फिनिसिङ दिने काम अहिले गरिएको छ ।
कुबेतविरुद्धको खेललाई मध्यनजरमा राख्दै अहिले रंगशालाको फिनिसीङको काम तिब्र गतिमा भईरहेको छ र यहि गतिमा काम भईरहेको खण्डमा सोचे अनुरुप सहि समयमा काम हुने बिश्वास लिईएको छ ।
यसैबीचमा शुक्रबार देखि कृत्रिम प्रकाश ( फ्लड लाइट ) ले पनि काम गर्न सुरु गरेको छ । र आसन्न कुबेत र नेपालबीचको खेललाई कृत्रिम प्रकाशमा खेलाईने तयारी पनि अहिले भईरहेको छ ।
खेलको मिति नजिकिदै गर्दा अहिले तिब्रगतिमा फिनिसिङको काम भईरहेको छ र क्रमश : रंगशाला आर्कषक बन्दै पनि गएको छ ।