दशरथ रंगशाला कृत्रिम प्रकाशमा चम्कियो ! कुवेतसँगको खेल फ्लड लाइटमा हुने पक्का

दशरथ रंगशाला कृत्रिम प्रकाशमा चम्कियो ! कुवेतसँगको खेल फ्लड लाइटमा हुने पक्का

काठमाडौं (अनलाइन खेलखबर ) | भुकम्पको क्षतिबाट ग्रसित नेपालको एकमात्र रंगशाला दशरथ रंगशाला अहिलो पुरानो स्वरुपमा फर्किने क्रममा रहेको छ ।

फोटो फाइल : ईन्टरनेट

आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) र त्यसअघि फिफा विश्वकप छ्नोटको घरेलु खेललाई मध्य नजरमा राख्दै अहिले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने क्रममा फिनिसिङ अन्तर्गत अन्तिम चरणमा सिट राख्ने काम जारी रहेको छ ।

यसैबीचमा शुक्रबार आज कृत्रिम प्रकाश ( फ्लड लाइट ) ले पनि काम गर्न सुरु गरेको छ । भुकम्पले क्षती पुर्याएपछी रंगशालामा आज करिव चारबर्ष पछि कृत्रिम प्रकाश बलेको छ ।

यो रंगशालामा मंसिर ३ गते कुबेतसँग नेपालले प्रतिष्पर्दा गर्नेछ । जुन खेल कृत्रिम प्रकाशमा खेलाईने तयारी पनि भईरहेको छ । खेलको मिति नजिकिदै गर्दा अहिले तिब्रगतिमा फिनिसिङको काम भईरहेको छ र क्रमश : रंगशाला आर्कषक बन्दै पनि गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *