onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोनालाई पछि पार्दै ग्रानडा पहिलो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबलमा ग्रानडा अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ

गएराती भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेपछी ग्रानडा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

ग्रानडाको घरेलु मैदानमा भएको खेलमा ग्रानडालाई जित दिलाउँने क्रममा ग्रानडाकाब अल्भारो भाडिलोले ६१ औं मिनेटमा गरेको एकमात्र गोल अन्तत खेलको निर्णायक हुन पुग्यो ।

यो जितसँगै ग्रानडाले अहिले १० खेलबाट ६ खेलमा जित २ मा बराबरी र २ खेलमा हार ब्यहोर्दै २० अंकका साथ अंकतालिकामा पहिलो स्थानमा रहेको छ ।

ग्रानडाले बार्सिलोनालाई पछि पार्ने क्रममा एक खेल कम खेलेको बार्सिलोना ६ खेलमा जित एकमा बराबरी र दुईखेलमा हार ब्यहोर्दै १९ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्