म्यानमारसँगको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

म्यानमारसँगको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

काठमाडौं ( अनलाइन खेलखबर ) | कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यु -२३ म्यानमार यु -२२ बीचको खेल बराबरीमा सकिएको छ ।

कतारस्थित दोहामा गएराती भएको खेल २-२ को बराबरीमा सकिएको छ ।

खेलमा नेपालले दुइपट्कसम्म अग्रता बनाएको भएता पनि जोगाउँन नसक्दा अन्तत : खेल बराबरीमा सकियो ।

जसअन्तर्गत अनन्त तामाङको गोलमार्फत नेपालले सुरुवाती खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो ।

तर खेलको ४० औं मिनेटमा म्यानमारले बराबरी गोल फर्काउँदै खेललाई पहिलोहाफ भित्र १-१ को बराबरीमा ल्यायो ।

त्यसपछि खेलको ६० औं मिनेटमा नेपालले अर्को गोल गर्दै खेललाई २-१ को अग्रता बनायो । नेपालको तर्फबाट दोस्रो गोल रेजिन सुब्बाले गरेका थिए ।

नेपालले दोस्रो गोल गर्दै अग्रता बनाउदै गर्दा त्यसको ४ मिनेट नबित्दै म्यानमारले बराबरी गोल फर्कायो ।

त्यसपछि बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकिन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *