onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा शानदार जित हासिल गर्ने क्रममा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बेल्जियमकाे क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

गएराती ब्रुगिसको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई शानदार जित दिलाउँने क्रममा कियान एम्बाप्पेले ह्याट्रिक गोल गर्दा मौरो इकार्डीले दुई गोल गरेका थिए ।

खेलमा सुरुवात देखीनै हाबी भएको पीएसजीले खेलको सातौं मिनेटमा पहिलो गोल अग्रता बनाएको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा इकार्डीले पहिलो गोल गरेका थिए ।

पहिको हाफ १-० ले अगाडी रहेको पीएसजी दोस्रो हाफमा भने निकै आक्रमक शैलीमा प्रस्तुत हुँदै थप चार गोल थप्यो । जसमा ६१ औं मिनेटमा एम्बाप्पेले टिमका लागि दोस्रो गोल र आफ्नो पहिलो गोल गरे ।

त्यसपछि लगत्तै २ मिनेटपछि इकार्डीले टिमका लागि तेस्रो गोल गर्दा खेलको ७९ र ८३ औं मिनेटमा एम्बाप्पेले लगातार दुई गोल गरेपछी पीएसजीले शानदार जित निकाल्न सफल भयो ।

यो जितसँगै समूह” ए´ मा रहेको पीएसजी ३ खेलबाट सत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै ९ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ र नकआउट चरणको नजिक पुगेको छ भने ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्