नेपाली फुटबल टिमले म्यानमार र ईङल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं (अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल खेलिरहेको नेपालले यसबीचमा तयारी स्वरुप म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले आगामि नोभेम्वर ७ मा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।
भने नेपालले एल्डरसटको घरेलु मैदानमा ईङल्याण्डको ‘सी’ डिभिजन क्लब एल्डरसट टाउनसँग सन् २०२० को मे २५ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।
यता छ्नोट खेल अन्तर्गत अबेका चार खेल नेपालले खेलिसकेको छ । भने अब नेपालले चार टिमलाई नेपालमा स्वागत गर्नेछ ।
यसबिचमा नेपालको पहिलो होम खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ । छ्नोट खेलमा नेपालले एक खेलमा जित हासिल गर्दा तिन गुमाएको छ ।
नेपालले चाईनिज ताइपेलाई पराजित गर्दा कुबेत , अष्ट्रेलिया र जोर्डनसँग उनैको घरेलु मैदानमा पराजित हुन पुगेको छ ।