युरोकपमा छ्नोट हुँने ६ टिमको टुङ्गो लाग्यो ! स्पेन पनि छ्नोट हुन सफल

युरोकपमा छ्नोट हुँने ६ टिमको टुङ्गो लाग्यो ! स्पेन पनि छ्नोट हुन सफल

एजेन्सी । तिन पटकको युरो च्याम्पियन स्पेन अर्को बर्ष आयोजना हुने युरोकपका लागि छनोट भएको हो ।

मंगलबार राति स्विडेनको घरेलु मैदानमा भएको खेलमा स्विडेनसँगको खेल १–१ गोलको बराबरीमा सकिएपछी स्पेनलाई युरोकप छ्नोट हुन प्रयाप्त बनेको हो ।

समूह `एफ ” मा रहेको स्पेन र स्विडेनबीचको खेलमा स्विडेनले सुरुवाती अग्रता बनाएको थियो ।

बिज्ञापन

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलम स्विडेनले खेलको ५० औं मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो ।

स्विडेनका लागि मार्कस बर्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्त्यतिर ईन्जुरीसमयमा स्पेनले बराबरी गोल फर्काएको थियो ।

खेल आफुबाहिर जाने संघारमा रहेको खेललाई स्पेनले अत्यमा मोड्दै अन्तत : अंक बाढन पुग्यो जुन अंकले स्पेनलाई युरोकपमा पुर्यायो ।

गुम्नै लागेको खेलमा स्पेनका लागि रोड्रिगोले गोल गरेका थिए ।
यसअघि युरोकपमा बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन छनोट भईसकेका छन् । र स्पेन छ्नोट हुने छ्ठौ टिम बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *