बिश्वकप छ्नोटमा नेपाल जोर्डनसँग पराजित
काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप तथा सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा जोर्डनसँग ३-० को गोलअन्तरले पराजित हुन पुगेको छ ।
अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल र जोर्ड्नले पहिलो हाफको समाप्तीमा गोलरहित बराबरीमा खेलेको भएतापनि जोर्डनले ५६ औं मिनेट पेनाल्टीमार्फत गोल गर्दै अग्रता अहिले बनाएको थियो ।
नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो जसलाई जोर्डनका फेरासले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो गोल गरेपछि भने खेलमा जोर्ड्न पूर्ण हाबी हुँदै थप दुई गर्न सफल भयो । जोर्ड्नका अहमद अरसानले ७८ र ८८ औं मिनेटमा फैईजलले गोल गर्दै टिमलाई सहज जित दिलाएका थिए ।
छ्नोट अन्तर्गत अब नेपालले घरेलु मैदानमा कुबेत ,अष्ट्रेलिया , जोर्डन र चाईनिज ताईपेसँग खेल्नेछ ।
जारी छ्नोटमा नेपाल यसअघि कुबेतसँग ७-० ले पराजित भएको छ । भने नेपालले चाईनिज ताईपेलाई २-० ले पराजित गरेको थियो भने अघिल्लो खेलमा अष्ट्रेलियासँग नेपाल ५-० ले पराजित हुन पुगेको थियो ।