पोर्चुगललाई पराजित गर्दै युक्रेन युरोकपमा छ्नोट
एजेन्सी | सोमबार राती भएको खेलमा पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै युक्रेन अर्को बर्ष आयोजना हुँने युरोकपका लागि छ्नोट भएको छ ।
युक्रेनको घरेलु मैदानमा भएको खेलमा युक्रेनले सुरुवाती अवस्था देखि अग्रता बनाउने क्रममा खेलको छ्ठौं मिनेटमा पहिलो गोल गरेको थियो ।
टिमका लागि पहिलो गोल रोमन येरेमचुकले गरेका थिए । त्यसपछि युक्रेनका एंड्री यरमोलेंकोले खेलको २७ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफको समाप्तिसम्म २-० ले अगाडी रहेको अबस्थामा पोर्चुगली स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।
यो जितसँगै युक्रेन समूह ` बि ” बाट युरोकपमा पुग्न सफल भएको छ ।अपराजिग युक्रेनको अहिले ७ खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी सहित १९ अंकका साथ अंकतालिकामा पहिलो स्थानमा रहेको छ ।
र युक्रेनलाई पछ्याईरहेको पोर्चुगल ६ खेलबाट ३ खेलमा जित २ बराबरी र एक खेलमा पराजित हुँदै ११ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।