onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुस युरोकपमा छ्नोट

एजेन्सी | अर्को बर्ष आयोजना हुने युरोकप फुटबलका लागि रुस छ्नोट हुन सफल भएको छ ।

समूह “ आई ´´ मा रहेको रुस ( रसिया ) ले गएराती भएको खेलमा साईप्रसमाथि ५-० को फराकिलो जित हासिल गरेपछी रुसका लागि युरोकप पक्का भएको हो ।

बिज्ञापन

साईप्रसमाथि रुसका डेनिस चेरशेवले दुई गोल गरे । उनले खेलमा अग्रता दिलाउने क्रममा खेलको नवौ मिनेटमा पहिलो गोल गरे । त्यसपपछि खेलको २२ औं मिनेटमा रुसले अर्को गोल गर्न सफल भयो ।

रुसका लागि मैगोमेड ओज़ेडोवले दोस्रो गोल गरे । त्यसपछि १० खेलाडीमा सिमित रहेको साईप्रसमाथि रुसका आर्टेम डेज़ुबाले तेस्रो गोल ७९ औं मिनेटमा गरे ।

र तेस्रो गोलपछि रुस त्यतीमै चित्त बुझाएन फलस्वरुप रुसले ८९ औं मिनेटमा अलेक्सांद्रा गोलोविनबाट र ९० औं मिनेटमा डेनिसले गोल गरेपछी टिमले महत्वपूर्ण खेलमा फराकिलो जित हासिल गर्दै युरोकपमा आफ्नो स्थान पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्