ब्राजिल हारबाट जोगियो
काठमाडौं ( अनलाइन खेलखबर ) | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फुटबलको सबैभन्दा सफल र बलियो मानिने ब्राजिल नाईजेरियाबिरुद्दको खेलमा हारबाट जोगिएको छ ।
आईतबार राती भएको मैत्रीपूर्ण खेलमा नाईजेरियासँग ब्राजिल १-१ को बराबरीमा रोकिन बाध्य भएको छ ।
खेलमा नाईजेरिया अग्रता बनाएको थियो । खेलको ३५ औं मिनेटमा नाईजेरियाका जो एरियोले गोल गर्दै अग्रता टिमलाई दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अग्रता बनाएको नाईजेरियाले दोस्रो हाफमा ब्राजिलका कैसिमिरोमार्फत ४८ औं मिनेटमा बराबरी गोल खान पुग्यो जसले ब्राजिललाई हारबाट जोगायो ।
यस्तै आईतबार रातीनै भएको अर्को प्रतिक्षित मैत्रीपूर्ण खेलमा इक्वेडरलाई अर्जेन्टिनाले ६-१ ले पराजित गर्न सफल भएको छ ।