onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अर्जेन्टिनाको प्रभावशाली जित

काठमाडौं ( अनलाइन खेलखबर ) | अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इक्वेडरमाथि प्रभावशाली जित हासिल गरेको छ ।

आईतबार राती भएको खेलमा इक्वेडरलाई अर्जेन्टिनाले ६-१ ले पराजित गर्न सफल भएको छ ।

खेलमा २० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि लुकास अलारियोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि अर्जेन्टिनाले २७ औं मिनेटमा अर्को गोल गर्न सफल भयो । दोस्रो गोल झोन एस्पिनोजाले टिमका लागि दोस्रो गोल गरे ।

बिज्ञापन

उनले गरेको दोस्रो गोल पछि पाँच मिनेट भित्र अर्जेन्टिनाका लिएंड्रो परेडेसले तेस्रो गोल गरे ।

पहिलो हाफमा ३-० अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफ सुरु हुँदै खेलको ४९ औं मिनेटमा भने अर्जेन्टिनाले गोल खान पुग्यो ।

इक्वेडरका आंगेल मेनाले गोल अग्रता ३-१ ले घटाएपनि अर्जेन्टिना यो पछि थप ३ गोल गर्दै समग्रमा खेल ६-१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अर्जेन्टिनाका लागि चौथो गोल जर्मेन पीज़ेलाले खेलको ६६ औं मिनेटमा गर्दा पाचौं गोल निकोलस डोमिनगेजले ८२ आउनेजाने मिनेटमा गरेका थिए भने खेलको अन्तिम गोल गर्ने क्रममा लुकास ओसेनोसले खेलको ८६ औं मिनेटमा गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *