onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईटाली युरोकपमा छ्नोट

असोज २६ , अनलाइन खेलखबर |सन २०२० मा आयोजना हुने युरोकपका लागि ईटाली छ्नोट हुन सफल भएको छ ।

जारी छ्नोट खेलमा समूह “जे ´´ मा रहेको ईटाली अपराजित रहँदै ७ खेलबाट सत प्रतिशत जित हासिल गर्दै २१ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको ईटाली छ्नोट हुन सफल भएको हो ।

बिज्ञापन

यता शनिबार राती भएको समूहको आफ्नो सातौ खेलमा ईटालीले ग्रीसलाई २–० ले पराजित गरेको छ ।

ईटालीलाई जित दिलाउँने क्रममा जोर्जिन्होले पेनाल्टीमार्फत खेलको ६३ औं मिनेटमा पहिलो गोल गर्दा ७८ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले दोस्रो गोल गरेपछी ईटालीले
ग्रीसमा सहज जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्