पोर्चुगलको सहज जित
असोज २५ , अनलाइन खेलखबर || युरो छनोट २०२० को छनोटमा पोर्चुगलले लक्समबर्गलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको छ ।
शुक्रबार राती पोर्चुगलको घरेलु मैदानमा एस्टैडियो जोस अलवालाडेमा भएको खेलमा पोर्चुगललाई सहज जित हासिल गर्ने क्रममा बेर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो र गोन्कालो गुएडेसले समान १/१ गोल गरेका थिए ।
खेलमा पोर्चुगलले १६ औं मिनेटमा अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल बेर्नार्डो सिल्भाले गरेका थिए । त्यसपछि ६५ औं मिनेटमा रोनाल्डोले र ८९ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।
यो जितसँगै समूह ‘बी’मा रहेको पोर्चुगलले ५ खेलमा ११ अंक जोडदै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।