एमएलए फुटबल प्रतियोगितामाको फाइनलमा बाग्मती र  त्रियुगा स्पोर्ट्स भिड्ने

एमएलए फुटबल प्रतियोगितामाको फाइनलमा बाग्मती र त्रियुगा स्पोर्ट्स भिड्ने

लोकेन्द्रप्रसाद यादब ( अनलाइन खेलखबर ) | सप्तरी जिल्लास्थित मानराजामा जारी एमएलए फुटबल प्रतियोगितामाको फाइनल खेलमा बाग्मती युवा क्लब सर्लाही र त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी भिड्ने भएका छ्न

आज शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यज्ञ भुमि युवा क्लबलाई ३-० ले पराजित गर्दै बाग्मतीले त्रियुगा स्पोर्ट्ससँग फाइनलमा भेट पक्का गरेको हो ।

बिज्ञापन

खेलमा आठौं मिनेटमा यज्ञ भुमी युवा क्लबले पहिलो गोल गर्दै खेलमा अग्रता बनाएको थियो । यज्ञभुमिका लागि आशिष मगरले गोल गर्दै सुरुवाती टिमलाई १-० को अग्रता दिलाएका थिए ।

तर त्यसपछि बाग्मतीले निकै राम्रो कमब्याक गर्दै खेलको २५ औं मिनेटमा बराबरी गोल फर्कायो । टिमका लागि बराबरी गोल शनि चौधरीले गरे । पहिलो गोलपछि बाग्मतीले ३३ औं मिनेटमा अर्को गोल गर्दै अग्रता २-१ ले आफ्नोतर्फ बनायो ।

दोस्रो गोलको ४ मिनेटपछि बाग्मतीका विजय लामाले तेस्रो गोल गरे । त्यसपछि बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल बाग्मतीले सहज तरिकाले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको फाइनल प्रबेश गरेको हो ।

अब प्रतियोगिताको फाइनल खेल आउँदो आईतबार हुनेछ ।

राजाजि युवा एघार क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *