नेपाल बलियो अष्ट्रेलियासँग पराजित

नेपाल बलियो अष्ट्रेलियासँग पराजित

असोज २३ , अनलाइन खेलखबर || सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा बिश्वकपको छ्नोट अन्तर्गतको दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियासँग फराकिलो अन्तरले पराजित हुन पुगेको छ ।

बिहिबार अष्ट्रेलिया क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा बलियो अष्ट्रेलियासँग नेपाल ५-० गोल अन्तरले पराजित भएको हो ।

पाँच पटक बिश्वकप खेलिसकेको र एकपटकको एसियन कपको च्याम्पियन अष्ट्रेलियालाई जित दिलाउने क्रममा जेमी म्याक्लारेनले ह्याट्रिक गोल गरे ।

बिज्ञापन

अष्ट्रेलियाका ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल भने उपहार स्वरुप प्राप्त गरेको थियो । नेपालका दिनेश राजबम्शीले खेलको ५९ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेलमा अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा जेमी म्याक्लारेनले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले १९ औं मिनेटमा अर्को गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

अष्ट्रेलियाले २३ औं मिनेटमा फेरि अर्को गोल गर्यो । अष्ट्रेलियाका लागि ह्यारीले गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले अगाडी रहेको अष्ट्रेलियाले दोस्रो हाफमा एक उपहार गोल सहित थप एक गोल थपेपछी अष्ट्रेलियाले नेपालबिरुद्दको खेल समग्रमा ५-० ले जित्न सफल भयो ।

चौथो गोल ९० औं मिनेटमा ह्याटिक गोल गर्ने क्रममा म्याक्लारेनलेनै गरे । यसरी कमजोर नेपालमाथि अष्ट्रेलियाले सहज जित हासिल गर्न सफल भयो ।

यो जितसँगै विश्वकप छ्नोटको समूह ‘बी’मा अष्ट्रेलियाले लगातार दुई खेलमा जित हासिल गर्दै ६ अंकसहित अंकतालीकाको पहिलो स्थानमा रहेको छ ।

भने नेपाल ३ खेलबाट एक खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ३ अंकसहित अंकतालिकाको चौथोस्थानमा रहेको छ । नेपाल यसअघि पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित हुँदा दोस्रो खेलमा चाईनिज ताइपेलाई २-० ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *