नेपाल र अष्ट्रेलियाबीचको ऎतिहासिक खेल सुरु
असोज २३ , अनलाइन खेलखबर || सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छ्नोट खेल अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा आज नेपालले एसियाको पावर अष्ट्रेलियाको सामना गर्ने क्रममा यी दुई टिमबिचको खेल सुरु भएको छ ।
अहिले अष्ट्रेलियास्थित क्यानभारा रंगशालामा खेल सुरु भएको अबस्था छ । छनोट खेलमध्य यसघि नेपाल पहिलो खेलमा कुबेतसँग उसैको घरेलु मैदानमा ७-० ले पराजित भएको थियो । त्यसपछी टिमले हामि भन्दा बलियो मानिएको फिफा वरियतामा पनि नेपाल भन्दाधेरै माथि रहेको चाईनिज ताईपेलाई नेपालले उसैको घरेलु मैदानमा घरेलु दर्शकमाझ २-० ले पराजित गरिसकेको अबस्था छ ।
यता विश्वकप छनोटमा अष्ट्रेलियाले एक खेल खेलेको छ जसमा अष्ट्रेलियाले कुबेतलाई ३-० ले पराजित गरेको थियो । विश्वकप छनोटमा समूह “बी ” मा रहेको कुबेत २ खेलबाट एकमा जित र एकमा हार व्यहोर्दै ३ अंकका साथ् अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।
भने अष्ट्रेलिया एक खेलमा जित हासिल गर्दै समान ३ अंक भएपनि गोल अन्तरले पछी पर्दै दोस्रो स्थानमा रहदा तेस्रोमा जोर्डन रहेको छ । यता नेपाल २ खेलबाट एक मा जित र एकमा हार सगै ३ अंकसहित चौथो स्थानमा रहेको छ भने चाईनिज ताईपे अंकबिहिन अन्तिम स्थानमा रहेको छ ।
डबल राउण्ड रोबिनमा संचालन भईरहेको यस छनोटको समूह विजेता विश्वकपको तेस्रो छनोटमा पुग्नेछ । एसियाका मुलुकलाई ८ समुहमा बिभाजन गरि छनोट खेल भईरहेको छ | यहाँबाट ८ समूहका विजेता र ४ उत्कृष्ट उप विजेता तेस्रो चरणमा पुग्ने फिफाले प्राबधान बनाएको छ ।
नेपालको प्लेईङ -११ :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान
फरवार्ड : अभिषेक रिजाल