
नेपाली फुटबलको ऐतिहासिक दिन : नेपालले आज एसियाको पावर हाउस अष्ट्रेलियासँग भिड्ने
असोज २३ , अनलाइन खेलखबर || नेपाली फुटबल ईतिहासमा अहिलेसम्मकै सबैभन्दा बहु चर्चित र बहुप्रतिक्षित खेलमा नेपालले आज बिहिबार एसियाको बलियो टिम अष्ट्रेलियाको सामना गर्दैछ ।
अष्ट्रेलियास्थित २५ हजार क्षमताको कैनबरा स्टेडियममा बिहिबार दिउसो नेपाली समय अनुसार पौने ३ बजेपछि हुने खेलमा एसियाको बलियो मध्यको एक टिम र निकै बलियो अष्ट्रेलियासँग प्रतिष्पर्दा गर्दैछ ।
छनोट खेलमध्य यसघि नेपाल पहिलो खेलमा कुबेतसँग उसैको घरेलु मैदानमा ७-० ले पराजित भएको थियो । लगभग आफैनै स्तरको टिमसँग यो स्तरको हारले गर्दा नेपाली फुटबल टिमको ब्यापक आलोचना भएको थियो ।
त्यसपछी टिमले अर्को खेलमा त्यो आलोचनालाई पूर्णबिराम लगाई थियो । हामि भन्दा बलियो मानिएको फिफा वरियतामा पनि नेपाल भन्दाधेरै माथि रहेको चाईनिज ताईपेलाई नेपालले उसैको घरेलु मैदानमा घरेलु दर्शकमाझ २-० ले पराजित गर्यो ।
यो जित नेपालका लागि नेपाली समर्थकका लागि खास रहयो । चाईनिज ताईपेसँग खेल्नु अघि कुबेतसँगको त्यो पिडालाई यस खेलले मलमको काम गरेको थियो ।
जित आफैमा सुखद पक्ष हो । जितले नेपालमा सकारात्मक संदेश प्रबाह गर्यो साथै खेलाडीहरुका लागि पनि त्यतिकै राम्रो छाप छोडेको पाईन्छ ।
कुबेतसँगको त्यो अपत्यारिदो हारलाई केहि हदसम्म चाईनिज ताईपेको खेलले भुल्याउने कोशिस पक्कै गर्नेछ ।
कुबेत , चाईनिज ताईपे पछी नेपालको अब अर्को प्रतिश्पर्दी अष्ट्रेलिया रहेको छ ।
नेपालले पहिलो पटक यो स्तरको टिमसँग खेल्दैछ । तयारीका हिसाबले त्यति सन्तोषजनक नभएपनि नेपाल अष्ट्रेलियासँग डटेर खेल्न तयार रहेको छ ।
५ पटक विश्वकप खेलिसकेको अष्ट्रेलियासँग खेल्नु नेपालका लागि त्यति सामान्य कुरा पक्कै भने होईन नेपालका लागि ठुलो अबसर पनि हो ।
सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलियाले सन् २००६ देखिका सबै विश्वकपमा आफ्नो सहभागिता जनाईसकेको छ ।
हामि भन्दा निकै माथि रहेको अष्ट्रेलियासँग खेल्नुलाई ऐतिहासिक भेटजस्तै लिदा फरक नपर्ला । सन् २०१५ को एसिया च्याम्पियन समेत रहेको अष्ट्रेलियासँग नेपालले कस्तो प्रदर्शन गर्ला अहिले त्यही कुराले सबैको मनमा खुलदुली पैदा गरेको छ ।
अबस्था र माहोल र प्रदर्शनलाई हेर्ने हो भने अष्ट्रेलियाले नेपाललाई नचाई नचाई हराउने पक्कै छ । तर हार जित खेलको अभिन्न अंग हो तर नेपालले यो स्तरको टिमसंग भने ठुलो अन्तरले नहारोस भन्ने धेरैले कामना समेत गरेको अबस्था छ ।
तर यहाँनिर आउछ फुटबल हो । बलिया भनिएका टिमहरु पनि कहिले काही कमजोर देखिएका र मानिएका टिमसँग पराजित भएका विश्व फुटबलमा धेरै उदारण रहेका छन ।
विश्व फुटबलमा अष्टेलियाले बिपक्षी टिम अझ डटेर खेल्छ , फुटबलको गण युरोपका टिमसँग पनि अष्ट्रेलियाले राम्रोसँग प्रदर्शन गर्दै आएको छ ।
त्यो जुनसुकै बेलामा पनि देख्न सकिन्छ पछिल्लो सन् २०१८ मा फिफा विश्वकपमा समेत अष्ट्रेलियाले राम्रो प्रदर्शन गरेको मान्नुपर्छ ।
समूह ‘सी ” मा रहेको अष्ट्रेलिया फ्रान्ससँग २-१ ले डेनमार्कसँग १-१ को बराबरीमा र पेरुसँग भने २-० ले पराजित भएको अष्ट्रेलिया अहिले फिफा वरियतामा पनि ४४ औँ स्थानमा रहेको छ । भने नेपाल हामी १६१ औँ स्थानमा रहेको छ ।
यसलेले पनि प्रमाणित गरेको छ की हामि र उनिहरुको स्तर , तर हामीले यो सुनौलो अवसरलाई सक्दो सदुपयोग गर्नुपर्नेछ ।
खेलेपछि जुनसुकै टिमले पनि जित्नका लागिनै खेल्नेछन । नेपाल पनि खेल्नेछ , हार जित आफ्नो ठाउमा छ तर माथि प्रतिनिधि पात्रले भनेको जस्तो धेरै गोल अन्तरले पराजित नहोस भन्ने सम्पूर्ण फुटबल समर्थकलाई लागेको छ ।
बाकि कुरा र क्रमश खेलमा नै भर पर्नेछ ।
विश्वकप छनोटमा अष्ट्रेलियाले एक खेल खेलेको छ जसमा अष्ट्रेलियाले कुबेतलाई ३-० ले पराजित गरेको थियो । विश्वकप छनोटमा समूह “बी ” मा रहेको कुबेत २ खेलबाट एकमा जित र एकमा हार व्यहोर्दै ३ अंकका साथ् अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।
भने अष्ट्रेलिया एक खेलमा जित हासिल गर्दै समान ३ अंक भएपनि गोल अन्तरले पछी पर्दै दोस्रो स्थानमा रहदा तेस्रोमा जोर्डन रहेको छ । यता नेपाल २ खेलबाट एक मा जित र एकमा हार सगै ३ अंकसहित चौथो स्थानमा रहेको छ भने चाईनिज ताईपे अंकबिहिन अन्तिम स्थानमा रहेको छ ।
डबल राउण्ड रोबिनमा संचालन भईरहेको यस छनोटको समूह विजेता विश्वकपको तेस्रो छनोटमा पुग्नेछ । एसियाका मुलुकलाई ८ समुहमा बिभाजन गरि छनोट खेल भईरहेको छ | यहाँबाट ८ समूहका विजेता र ४ उत्कृष्ट उप विजेता तेस्रो चरणमा पुग्ने फिफाले प्राबधान बनाएको छ ।
नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष