onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अर्जेन्टिना र जर्मनीबीचको मैत्रीपूर्ण खेल बराबरीमा

असोज २३ , अनलाइन खेलखबर || अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना र जर्मनी बराबरी खेलेका छ्न ।

विश्व फुटबलको महाशक्ति राष्ट्र जर्मनी र अर्को
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच बुधबार राती भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको हो ।

जर्मनीको घरेलुु मैदान सिग्नल ईडुना पार्कमा भएको रोमाञ्चक खेलमा जर्मनीले पहिलो हाफमा बनाएको २-० को अग्रता जोगाउँन सकेन ।

बिज्ञापन

दोस्रो हाफमा अर्जेन्टिनाले राम्रो कमब्याक गर्ने क्रममा २-० को अग्रतालाई उल्टाईदिएको थियो ।

जसअन्तर्गत खेलको १५ औं मिनेटमा जर्मनीले पहिलो गोल गर्दै अग्रता बनाएको थियो । जर्मनीका लागि सर्ज ग्नब्रीले पहिलो गोल गरे ।

त्यसपछि लगत्तै जर्मनीले २२औं मिनेटमा अर्को गोल थप्यो काई हैवर्त्ज़ले जर्मनीका लागि दोस्रो गरेका थिए ।

पहिलो हाफमा २-० ले पछि परेको अर्जेन्टिनाले
खेलको ६६ औं मिनेटमा एक गोल फर्कायो अर्जेन्टिनाका लुकास अलारियोले पहिलो गोल गर्दै अग्रतालाई २-१ मा झारे ।

त्यसपछि लुकास ओकैम्पोसले खेलको ८५ औं मिनेटमा अर्जेन्टिनाका लागि दोस्रो गोल गरेपछि अन्ततः बराबरीमानै सकियो ।

यसअघि ब्राजिलमा सन २०१८ मा भएको फिफा विश्वकप फुटबलमा जर्मनीले फाइनल खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

बिश्वकप पछि एक मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जर्मनीलाई ४-२ ले पराजित गरेको थियो । त्यसभेट पछि बल्ल अर्जेन्टिना र जर्मनी खेलेका हुन तर खेल बराबरीमा सकिन पुगेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *