नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

असोज २२ , अनलाइन खेलखबर || भुटानमा बुधबार देखि सुरु भएको साफ यु -१५ महिला फुटबल च्याम्पियनसिपको पहिको खेलमा नेपाल भारतसँग पराजित हुन पुगेको छ ।

आज बुधबार भुटानको थिम्पुमास्थित चाम्लिङथाङ रंगशालामा भएको खेलमा बलियो भारतसँग नेपाल ४-१ ले पराजित हुन पुगेको छ ।

बिज्ञापन

खेलमा भारतले पहिलो हाफमा २-० अग्रता बनाएको थियो । भने दोस्रो हाफमा पनि दुई गोल गर्दा नेपालले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालले खेलको ६२ औं मिनेटमा नेपालका लागि एक मात्र गोल मनमाया धामीले गरेकी थिईन ।

अब नेपालले प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगितामा कुल ४ टिमको सहभागिता रहेको छ । जसमा आयोजक भुटानसहित नेपाल , भारत र बङ्लादेश रहेका छ्न ।

राउण्ड रोबिनको आधारमा सन्चालन हुने प्रतियोगिताको शिर्षस्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछ । फाइनल खेल असोज २८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *