यु -१५ साफ च्याम्पियनसिप : नेपालले आज भारतसँग भिड्दै

यु -१५ साफ च्याम्पियनसिप : नेपालले आज भारतसँग भिड्दै

असोज २२ , अनलाईन खेलखेलवर |भुटानमा आज देखी सुरु हुन लागेको यु – १५ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्दैछ ।

तेस्रो संस्करणसम्म आईपुग्दा आज नेपालले बलियो भारतबिरुद्ध दिउँसो पौने ३ बजेपछि
प्रतिष्पर्दा गर्नेछ ।

भुटानस्थित चाम्लिङथाङ रंगशालामा हुने खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुवात गर्ने चाहन्छ ।

नेपालले यो खेलपछि दोस्रो खेलमा बङ्लादेशको सामना गर्नेछ । यो खेल असोज २४ गते हुनेछ भने असोज २६ मा नेपालले आयोज्क भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा कुल ४ टिमको सहभागिता रहेको छ । जसमा आयोजक भुटानसहित नेपाल , भारत र बङ्लादेश रहेका छ्न ।

राउण्ड रोबिनको आधारमा सन्चालन हुने प्रतियोगिताको शिर्षस्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछ । फाइनल खेल असोज २८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *