बाग्मती युवा क्लब विजयी
लोकेन्द्रप्रसाद यादब ( अनलाइन खेलखबर ) | सप्तरी जिल्लास्थित बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ मानराजामा जारी एमएलए फुटबल प्रतियोगितामा सेमीफाइनल पुग्ने तिन टिमको टुङ्गो लागेको छ ।
नकआउटमा आधारित प्रतियोगिताको तेस्रो खेलमा आज आईतबार बाग्मती युवा क्लब सर्लाहीले ट्राईब्रेकरमा गाईघाट फुटबल क्लब उदयपुरलाई ४- ३ ले पराजित गर्दै प्रतियोगिताको सेमीफाइनल पुगेको हो । अब सेमीफाइनलका लागि एक टिमको टुङ्गो लाग्न बाकि रहेको छ ।
यसअघि फत्तेपुर सप्तरीको टिम त्रियुगा स्पोर्ट्स र धारापानी युवा क्लव घनुषा पहिलो चरणको खेल जित्दै सेमीफाइनल पुगिसकेको छ ।
सेमीफाइनल खेल असोज २३ र २४ गते हुनेछ भने फाइनल खेल २६ गते हुने खेल तालिका रहेको छ ।
राजाजि युवा एघार क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।