लिभरपुलको शनसनिपूर्ण जित

लिभरपुलको शनसनिपूर्ण जित

असोज १९ , अनलाइन खेलखबर || ईङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई २-१ ले पराजित गरेको छ ।

लिभरपुलको घरेलु मैदान एनफील्ड रंगशालामा भएको निकै रोमाञ्चक खेलमा लिभरपुलले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै जीत हासिल गरेको हो ।

बिज्ञापन

खेलको ४० औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनाएको थियो । लिभरपुलका सदियो मानेले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको लिभरपुलले खेलको ८० औं मिनेटमा बराबरी गोल खान पुग्दा खेल अझ रोमाञ्चक बनेको थियो ।

लेष्टर सिटीका जेम्स मैडिसनले खेललाई बराबरीमा ल्याएपनि अन्तत : लिभरपुललाई भाग्यले पनि साथ् दिदा खेलको अन्तिम क्षणतिर जेम्स मिलनरले पेनाल्टीमार्फत गोल गरेपछी लिभरपुलले स्पष्ट अंक जोडन सफल भयो ।

यो जितसँगै लिगमा अपराजित रहेको लिभरपुल २४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा यथावतनै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *