onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेङ्गखाडीलाई पराजित गर्दै त्रियुगा स्पोर्ट्स सेमिफाइनल प्रबेश

लोकेन्द्रप्रसाद यादब ( अनलाइन खेलखबर ) | सप्तरी जिल्लास्थित बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ मानराजामा जारी एमएलए फुटबल प्रतियोगितामा फत्तेपुर सप्तरीको टिम त्रियुगा स्पोर्ट्सले बेङ्गखाडी फुटबल क्लब महोत्तरीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।

नकआउटको आधारमा सन्चालित प्रतियोगिताको दोस्रो खेलमा शनिबार त्रियुगा स्पोर्ट्सले बेङ्गखाडी फुटबल क्लब महोत्तरीलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

बिज्ञापन

खेलको चौथो मिनेटमा बेङ्गखाडी फुटबल क्लबले आत्मघाती गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो । त्रियुगाका रोशन श्रेष्ठले खेलको सुरुवाती अवस्थामा आत्मघाती गोल गर्न पुगे ।

खेलको पहिलो हाफमा १-० ले पछी परेको त्रियुगाले दोस्रो हाफमा भने राम्रो कमब्याक गर्दै एकतर्फी खेलमा ४ गोल गर्न सफल भयो ।

दोस्रो हाफमा निकै आक्रमक शैलीमा खेल प्रस्तुत गरेको त्रियुगाका पृथ्वी चौधरीले २ गोल तथा रोशन गिरि र रोशन श्रेष्ठले समान १/१ गोल गरेका थिए ।

यसअघि शुक्रबार प्रतियोगिताको उद्घाटन खेलमा धारापानी युवा क्लव घनुषाले रामधुनि युवा क्लब झुम्का सुनसरीलाई ट्राईब्रेकरमा ३-१ ले गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ ।

राजाजि युवा एघार क्लबको आयोजनामा जारी प्रतियोगिता असोज २६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्