onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सप्तरीमा आज देखि एमएलए फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा धारापानी विजयी

लोकेन्द्रप्रसाद यादब ( अनलाइन खेलखबर ) |राजाजी युवा क्लबको आयोजनामा सप्तरी जिल्लास्थित बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ मानराजामा आज देखि एमएलए फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा धारापानी युवा क्लव घनुषाले रामधुनि युवा क्लब झुम्का सुनसरीलाई ट्राईब्रेकरमा ३-१ ले गोल अन्तरले पराजित गरेको छ ।

खेलमा धारापानीले खेलको १५ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । धारापानिका लागि पहिलो गोल टिमका कप्तान नितिन हरि राना मगरले गरेका थिए ।

CLICK HERE TO APPLY NOW

पहिलो हाफमा १-० ले अग्रता बनाएको धारापानीले खेलको नियमित समयको अन्तिम समयमा गोल खान पुगेपछी खेलको नतिजा ट्राईब्रेकरले निर्धारण गरेको थियो । खेललाई बराबरीमा ल्याउने क्रममा रामधुनि युवा क्लब झुम्काका अभिषेक कालिकोटे गोल गरेका थिए


रोमाञ्चक बनेको खेलको नतिजा ट्राईब्रेकरबाट आएको थियो । पेनाल्टी सुटआउटमा धारापानीले बाजि मार्यो ।

यता प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश नं. २ सप्तरी क्षेत्र नम्बर ४(ख) प्रदेश सभा सदस्य अभिषेक यादवले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोदे बर्साईन नगरपालिकाको उपमेयर रंजु शाहको पनि उपस्थिति रहेको थियो । भने राजाजी युवा कल्बका अध्यक्ष चन्द्र शेखर यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सुरु तथा समापन भएको थियो ।

असोज २६ गतेसम्म नकआउटको आधारमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्