onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मोहम्मद सलाहको निर्णायक गोलमा साल्जवर्गमाथि लिभरपुलको संघर्षपूर्ण जित

एजेन्सी | च्याम्पियन्स लिगमा ईङलिस क्लब लिभरपुलले साल्जवर्गमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

बुधबार राती भएको खेलमा लिभरपुलले साल्जवर्गलाई ४-३ ले हराउन सफल भएको छ ।

गोलको बर्षा भएको खेलमा लिभरपुलले खेलको नवौ मिनेटमा अग्रता बनाएको थियो । लिभरपुलका लागि पहिलो गोल साडियो मानेले गरेका थिए ।

बिज्ञापन : Sudreeshya IT Training Academy | Click to learn more

पहिलो गोल गरेपछी लिभरपुलले २५ औं मिनेटमा अर्को गोल गर्दै सुरुवाती २-० को अग्रता बनायो । दोस्रो गोल एण्डरसनले गरे ।

त्यसपछि लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले टिमका लागि तेस्रो गोल पहिलो हाफको ३६ औं मिनेटमा गरे ।

र पहिलो हाफ भित्र साल्जवर्गले १ गोल फर्कायो । साल्जवर्गका  हे चान ह्वाङले ३९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउन खोजेका थिए ।

पहिलो हाफ ३-१ ले सकिएको खेलमा खेलको ५६ औं मिनेटमा साल्जवर्गका मिनामिनोले गोल गर्दा खेललाई ३-२ मा ल्याईपुर्याए । र लगत्तै साल्जवर्गले अर्को गोल गर्यो खेलको ६० मिनेटमा साल्जवर्गका हालान्डले गोल गरेपछी खेल ३-३ को बराबरीमा आएसँगै खेलमा थप रोमाञ्चकता थपियो ।

त्यसपछि लिभरपुलले रोमान्चक बन्दै गएको खेलमा बराबरी भएको नवौं मिनेटमा गोल गरेपछी र उक्त गोल खेलको निर्णायक बन्दा साल्जवर्ग निराश बन्यो ।

टिमलाई महत्वपुर्ण अवस्थामा महत्वपुर्ण गोल सलाहले गरेका थिए जुन अन्तत : जितका लागि प्रयाप्त पनि बन्यो ।

यो जितसँगै समूह “ ई” मा रहेको लिभरपुल २ खेलमाबाट एकमा हार र एकमा जितसँगै ३ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ र साल्जवर्ग पनि समान २ खेलबाट एकमा जित र एकमा हारसँगै ३ अंककासाथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्