स्वारेज चम्किदा च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित

स्वारेज चम्किदा च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित हासिल गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब ईन्टर मिलानलाई २-१ गोल अन्तरले निराश बनायो ।

बिज्ञापन : Sudreeshya IT Training Academy | Click to learn more

खेलको तेस्रो मिनेटमै ईन्टर मिलानले गोल गर्दै अग्रता कायम बनाएको थियो । मिलानका लागि लाउटारो मार्टिनेजले गोल गरेका थिए ।

पहिलो हाफमा बार्सिलोना १-० को पछाडी परेको अबस्थामामा दोस्रो हाफमा बार्साका लुइस स्वारेज चम्किदा खेल बार्साले आफ्नो पक्षमा पार्न सफल भयो ।

स्वारेजले खेलको ५८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए त्यसपछि उनलेनै ८४ औं मिनेटमा थप गोल गरे जुन खेलको निर्णायक गोल हुन पुग्यो ।

यो जितसँगै समूह “एफ” मा रहेको बार्सिलोना २ खेलबाट एकमा जित र एकमा बराबरीसँगै ४ अंक जोडदै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

भने पराजित मिलान समान २ खेलबाट एकमा हार र एकमा बराबरिसँगै १ अंकका साथ तेस्रोस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *