आर्सनलसँग म्यानचेष्टर युनाईटेडको बराबरी

आर्सनलसँग म्यानचेष्टर युनाईटेडको बराबरी

असोज १४ , अनलाइन खेलखबर || ईङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र आर्सनलबीचको बराबरीमा सकिएको छ ।

सोमबार राती म्यानचेष्टर युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा म्यानचेष्टर युनाईटेडले लण्डन क्लब आर्सनलसँग १–१ को बराबरी खेलेको थियो ।

खेलको पहिलो हाफको ४५ औ मिनेटमा युनाईटेडले अग्रता बनाएको थियो । युनाईटेडका लागि स्काट म्याक टोमिनेले गोल गरेका थिए ।

पहिलो हाफमा युनाईटेडले १-० ले अग्रता बनाएको युनाइटेडले खेलको ५८ औं मिनेटमा गोल खान पुग्यो । आर्ननलका पियरी एम्रिक अबुमियाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै टिमले गोल गर्न सकेनन र दुबै टिम १/१ अंक बाडन बाध्य भए ।

अंक बाढेपछी आर्सनल अहिले ७ खेलबाट ३ मा जित १ मा हार र ३ बराबरीसहित १२ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

भने युनाईटेड समान ७ खेलबाट २ मा जित २ मा हार र ३ मा बराबरीसहित ९ अकं सहित अंकतालिकाको दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *